हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मकवानपुर सचिव प्रेमबहादुर पुलामीले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा पेश गर्नुभएको प्रतिवेदन या पहिलो प्रतिवेदनको जवाफमा अराजकता झल्किएको बताएका छन् ।

खबरब्रेकलाई प्रतिक्रिया दिँदै सचिव पुलामीले प्रधानमन्त्रीको प्रतिवेदन राजनीतिक नभएको र यसले कम्युनिष्ट मूल्य मान्यतालाई अंगिकार नगरेको बताए । अर्का अध्यक्ष प्रचण्डले जारी गरेको राजनीतिक प्रस्ताबलाई अराजनीतिक भनेर आरोप लगाईरहेका अध्यक्ष कमरेड ओलीको प्रतिवेदन कस्तो खाले राजनीतिक आउने हो भनेर आफुहरुले कुरेको तर त्यो प्रतिवेदन अराजनीतिक मात्र नभई अराजक नीतिलाई अंगिकार गर्ने खालको आयो पुलामीले भने ।

ओलीले प्रस्तुत गरेको जवाफमा दोश्रो पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने कुरा आएको भएपनि अहिलेको अवस्थामा को हुन दोश्रो पुस्ता, हामीले कस्लाई दोश्रो पुस्ता मान्ने, कस्लाई नेतृत्व मान्ने भन्दै पुलामीले प्रश्न समेत गरेका छन् ।
अहिलेको आवस्थामा दुबै प्रतिवेदनलाई एक ठाउमा राखेर अध्ययन गर्दै दुबैमा भएका राम्रा कुराको अनुशरण गर्ने र नराम्रा कुरालाई खारेज गर्नुपर्ने भन्दै उनले यस्ताखाले अन्तरसंघर्षले पार्टी एकतालाई थप बलियो बनाएर लैजानुपर्ने पुलामीको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।