
हेटौंडा । राजावादी समूहले भोली बागमती प्रदेशको राजधानी हेटौंडामा राजसंस्थाको पक्षमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
पछिल्लो दिनहरुमा विभिन्न जिल्लामा ‘राजा आऊ, देश बचाऊ’ को नारा लगाउँदै राजावादी समूहले शक्ति प्रदर्शन गर्दै आएको कार्यक्रम अन्र्तगत भोली हेटौंडामा गर्न लागेको जनाएका छन् ।
सामाजिक संजाल मार्फत अभियानका अभियान्ता सन्तोष राजावादीले भोली मङ्सिर १४ गते कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिएका छन् । उनले भनेका छन्,“भोलि १४ गते १ बजे मकवानपुर हेटौंडाको कार्यक्रममा आउदैछौ,मकवानपुरबासी र नजिकका जिल्लाबासि देशभत्त राजभत्त साथिहरु उपस्थित हुन नभुल्नुहोला।”
समूहले यसअघि पोखरा र जनकपुरमा ‘राजा आऊ, देश बचाऊ’ को नारा लगाउँदै शक्ति प्रदर्शन गरेको थियो । समूहले सोहि कार्यक्रम अन्र्तगत मङ्सिर २० गते चितवनमा कार्यक्रम हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्