हेटौंडा । सरकारले कोरोना भाइरस संक्रमण जोखिम रहको भन्दै चाड पर्व, जात्रा तथा उत्सव मनाउँदा,पार्क तथा धार्मिक स्थलहरुमा जाँदा कोभिड–१९ सम्बन्धि जनस्वास्थ्यका मापदण्ड पालन गर्न अपिल गरिरहेको बेला बागमती प्रदेशको राजधानी हेटौंडा-११ स्थित पर्यटकीय स्थल सहिद स्मारकमा भने यस्को पालना गरिएको पाईएको छैन ।

दैनिक जिल्ला भित्र र बाहिरबाट सयौ पर्यटकहरु आउने सो स्थानमा जनस्वास्थ्यका मापदण्ड पालन नहुँदा कोरोना संक्रमणको जोखिम उच्च रहेको देखिन्छ । दैनिक हेटौंडा सहित देशभर कारोना संक्रमितको संख्या बढीरहेको र संक्रमितको मृत्यु भइरहेको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गराउन नसक्दा संक्रमणको जोखिम बढेको हो ।

हालसम्म कोरोनाको औषधी पत्ता नलागेको अवस्थामा यस्को संक्रमणबाट सुरक्षित रहन भौतिक दुरी कायम गर्ने,मास्क लगाउने,नयाँ ठाउँमा प्रवेश गर्दा सावुन पानीले हात हुने र सेनिटाइजर प्रयोग गर्ने,सार्वजनिक स्थल तथा भिडभाड स्थलमा नजाने रहेको अवस्थामा स्मारकमा भने यि कुनै पनि स्वास्थ्य मापदण्ड पालना गरिएको छैन ।

सहिद स्मारकको गेटमा भने सहिद स्मारक विकास समितिले विश्व स्वास्थ्य संगठनले विश्व महामारको रुपमा फैलिरहेको कोरोनाभाइरस बारे जनजेतनाका लागि भन्दै कोरोना भाइरसको मुख्य लक्षणहरु,कोरोना भाइरस कसरी सर्छ ? कोरोना भाइरस बाट कसरी आफु र अरुलाई बचाउने ?भनेर एक फ्लेक्स टाँसेको छ । तर फ्लेक्समा भनिएको जसरि पार्क भित्र प्रवेश गराउँदा न हात धुन आग्रह गरिएको छ न मास्क लगाउन नै ।

यस विषयमा पार्क भित्र प्रवेश गराउने सुरक्षा कर्मीलाई सोधपुछ गर्दा उनले पार्क भित्र प्रवेश गर्दा मास्क लगाउन नपर्ने र हात धुनु पनि नपर्ने बताए ।

शनिबार पार्कमा एक दर्जन भन्दा बढी पिकनिक खाईरहेका समूहमा न भौतिक दुरी थियो न मास्कको प्रयोग । पर्साबाट आएको एक पिकनिक समूहका संयोजकलाई मास्क र भौतिक दुरी किन नराखिएको बारेमा सोधपुछ गर्दा उनले मास्क लगाएर आएको तर यहाँको अवस्था देख्दा खालेर रमाईलो गरिरहेको बताए । उनले भने,“लकडाउन खोलिएपछि आज पहिलो पटक हेटौंडाको स्मारकमा पिकनिक खान आएका हौ । हामीहरु सबै एकै गाउँका हौँ,हामीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै मास्क लगाएर आएका थियौ । तर यहाँ प्राय कसैले लगाएका देखेनौ र हामीले पनि गेट प्रवेश गरेपछि मास्क फुकालेर आ आफ्नै पारमा रमाईलो नाँचगान गरिरहेको छौ ।” उनले अन्य स्थान हेरी हेटौंडा धेरैनै खुला रहेको बताए । उनले संक्रमण जोखिमबारे सबैजना सचेत हुनुपर्ने बताए । पार्क भित्र शनिबार धेरै नै भिडभाड थियो ।

अधिकाशं मानिसहरुले न मास्कको प्रयोग गरेका थिए न भौतिक दुरी । पार्क भित्रको मनोञ्जन पार्क क्षेत्र भित्र पिङ खेल्नका लागि टिकट लिनको लागि तेस्तै भिडभाड रहेको देखिन्थो । शनिबार स्मारक घुम्न पुगेका हेटौंडा-४ मा बस्ने सप्तरीका रमेश दासले पार्क भित्र भौतिक दुरी कायम गर्न नसके पनि पार्क भित्र हात धोएर,मास्क प्रयोग अनिवार्य गराएर प्रवेश गराउनु पर्ने बताए । उनले यहाँ प्रवेश गर्ने हरेक पर्यटकलाई हात धोएर र अनिवार्य मास्क प्रयोग गराउन सके संक्रमणको जोखिम कम रहन सक्ने बताए ।

पछिल्लो दिनहरुमा हेटौंडामा कोरानो भाइरस संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गईरहेको छ । आज पनि हेटौंडामा १० जनामा कोरोना पुष्टि भएको छ । यो संगै हेटौंडामा मात्रै पुष्टि हुनेको संख्या ३ हजार ५१ जना पुगेको छ । यहाँ हालसम्म २ हजार ७३० जना संक्रमण मुक्त भएका छन् । कोरोनाको कारण हालसम्म हेटौंडाका २५ जनाको मृत्यु भएको छ । मकवानपुरमा हालसम्म ३ हजार ५६७ जनामा कोरोना पुष्टि भएकामा ३ हजार २ सय ९ जना संक्रमण मुक्त भएका छन् । मकवानपुरमा हालसम्म कोरोनाको कारण ३१ जनाको मृत्यु भएको छ । मकवानपुरमा आजको दिनमा ५ जना आइसोलेस र २ सय ८८ जना संक्रमित घरमै उपचाररत रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।