
नेपाली राष्ट्रिय क्रिकेटमा चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
लामिछाने आफैले कोरोना भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका हुन् । उनी आहिले सेल्फे आइसोलेशनमा छन् ।
बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको हो । स्वास्थ्य अवस्था सामान्य भएको र चाँडै मैदान फर्किने विश्वास उनले व्यक्त गरेका छन् ।
Hi Everyone, Greetings to all.
Its my sincere duty to tell you all that I have been tested positive for COVID-19. I had some body aches since Wednesday. But my health is improving a little bit now. If all goes well, I will return to the field again. Keep me in your prayers.🙏— Sandeep Lamichhane (@Sandeep25) November 27, 2020
बन्द प्रशिक्षण अघि गरिएको स्वाब संकलनमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलमा संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्