मोरङ । प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण देखिएको छ ।

प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए ।

प्रदेश प्रमुख अधिकारीलाई सामान्य लक्षण देखिएपछि शुक्रबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा स्वाब दिएका थिए । उनकी धर्मपत्नी र सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीलाई पनि संक्रमण देखिएको प्रेस सल्लाहकार अधिकारीले बताए ।

प्रदेश प्रमुख अधिकारी र उहाँकी धर्मपत्नीको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु विराटनगरस्थित निवासमा होम आइसोलेसनमा बसेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।