एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा दोस्रो पटकसमेत बार्सिलोनाका खेलाडी पारिश्रमिक कटौती गर्न तयार भएका छन् ।

स्पेनिस क्लब बार्सिलोनाले १२२ लिलियन युरो बचत गर्नेगरी पारिश्रमिक कटौती गर्ने प्रस्ताव गरेको हो । यो विषयमा बार्सिलोनाका खेलाडी तयार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बार्सिलोनाले  झण्डै ५० मिलियन युरोको भुक्तानी तीन वर्षका लागि स्थगित गर्ने विषयमा खेलाडीसँग सहमति दिएको हो ।  बार्सिलोनाले ऋण ४८८ मिलियन युरो देखाएको छ । उसको खातामा ९७ मिलियन युरो घाटा लागेको देखाइएको थियो ।

क्लबले अहिलेको संकटको अवस्थामा खेलाडीसँग भएको यो सम्झौतालाई महत्वपूर्ण भएको बताएको छ । गएको मार्चमासमेत बार्सिलोनाका खेलाडी ७० प्रतिशत पारिश्रमिक कटौती गर्न सहमत भएका थिए ।  अन्य क्षेत्रमा जस्तै फुटबलमा समेत कोरोनाको प्रभाव नराम्रो परेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।