पाउलो कोएलोले भने- ‘सेतो सूर्य’ उत्कृष्ट लाग्योप्रख्यात साहित्यकार पाउलो कोएलोले नेपाली सिनेमा ‘सेतो सूर्य’ मन पराएका छन् । ट्वीटमार्फत उनले साे कुरा बताएका हुन् । साहित्यकार बुद्धि सागरलाई मेन्सन गर्दै कोएलोले ‘सेतो सूर्य’ निकै उत्कृष्ट लागेको बताएका छन् ।

‘हिजो मैले हेरेको नेपाली चलचित्र सेतो सूर्य निकै उत्कृष्ट लाग्यो, यसका निर्देशकलाई भेटेको खण्डमा बधाई  सुनाइदिनु,’ कोएलोले ट्वीटमा भनेका छन् ।

दीपक रौनियारले निर्देशन गरेको याे सिनेमा नेपाली चलचित्रबाट ओस्कारमा प्रतिस्पर्धाका लागि छनाेट समेत भएको थियो । ‘सेतो सूर्य’को  द्वन्द्वकालीन परिवेशमा आधारित चलचित्र हो । यसमा दयाहाङ राई, रविन्द्रसिंह बाँनियाको मुख्य भूमिका छ । याे चलचित्रले विश्वका विभिन्न स्थानमा भएका चलचित्र महोत्सवमा अवार्ड प्राप्त गरेको थियो ।

साथै साहित्यकार कोएलोले आफूले नेप्लिज फिल्म भनेकोमा धेरैले टिप्पणी गरेको भन्दै नेपाली र नेप्लिज शब्दावलीमा आफूले तात्विक फरक नपाएको उल्लेख गरेका छन् । भाषा जानकार भीम रेग्मीलाई उद्दृत गर्दै उनले नेपाली र नेप्लिज श्ब्दावलीमा तात्विक फरक नपाएको उल्लेख गरेका हुन् ।

आफूलाई मेन्सन भएको ट्वीटमा जवाफ दिँदै बुद्धिसागरले यो निकै ऐतिहासिक क्षण भएको र यस क्षणलाई निर्देशक तथा कलाकारसँग साट्ने उल्लेख गरेका छन् । निर्देशक रौनियारले चलचित्र हेरेकोमा कोएलोलाई धन्यवाद दिनुका साथै आभारसमेत प्रकट गरेका छन् ।

from : shilapatra.com


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।