नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिवार भएको निर्वाचनमा शतप्रतिशत मत खसेको छ ।

निर्वाचन समितिका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको छ । मतदान बिहान ९ बजेबाट शुरु भएको थियो । प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङ्केट बबरमहलमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको थियो ।

कोराना संक्रमित मतदाताहरुका लागि भने नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान गर्ने व्यवस्था मिलाइएको थियो । नयाँ कार्यसमिति चयनका लागि करीब १ हजार ११० जना उद्योगी तथा व्यवसायीले मतदानमा सहभागी थिए । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बनेका छन् ।

सम्भवतः शनिवार रातीनै निर्वाचन परिणाम आउने निर्वाचन समितिले बताएको छ । मतदान सकिएकाले आवश्यक प्रक्रिया पुरा गरेर मतगणना शुरु गरिने भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।