file photo

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटबारे नसोच्न आग्रह गरेका छन् । आज दिउँसो बसेको सचिवालय बैठकलाई संबोधन गर्दै ओलीले विद्यमान समस्यालाई छलफलमार्फत समाधान गर्दै जानुपर्नेमा जोड दिँदै पार्टी फुटबारे सोच्न पनि नहुने बताएका हुन् ।

ओलीले लिखित रुपमा प्रतिवेदन पेश गरेको र उक्त प्रतिवेदन अध्ययनका लागि १६ गतेसम्म सचिवालय बैठक स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।