
हेटौँडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहि बेर अघि शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ गते पेश गरेको प्रतिवेदन विवादित भएपछि त्यसको जवाफमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
यस अघि मङ्सिर ३ गते बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई जवाफ लेख्न १० दिनको समय दिदै आजको लागि बैठक तोकेको थियो ।
प्रतिक्रिया दिनुहोस्