फाईल फोटो

नेपालमा थप एक हजार ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ८० जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाले ज्यान गुमाएका छन्। साथै, ५ सय १५ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा २ लाख ३० हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ११ हजार १ सय ८६ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।

त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ४ सय ५४ जनाले ज्यान गुमाएका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।