हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ बाट ३ लाख ३२ हजार ८ सय ९२ रुपैयाँ सहित १४ जना जुवाडे पक्राउ परेका छन् ।

गएराति वडा नंबर ४ का दिलबहादुर मोक्तानको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट १२ बुक तास र ३१ वटा कौडा समेत बरामद गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यलय मकवानपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।