शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रवार स्थानिय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला रू. २०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ३०० मा कारोवार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ५०० मा कारोवार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. २०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोवार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९१ हजारमा कारोवार भएको थियो ।

यस्तै, चाँदी भने प्रतितोला रू. एक हजार १६५ मा कारोवार भएको छ । बिहीवार चाँदी प्रतितोला रू. एक हजार १७५ मा कारोवार भएको थियो । बिहीवारको तुलनामा चाँदी प्रतितोला रू. १० ले घटेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।