
युइएफए युरोपा लिग अन्तर्गत टोटनह्यामले जित हासिल गरेको छ । गएराती सम्पन्न समुह जे अन्तर्गत टोटनह्यामले लुडोगोरेट्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
टोटनह्यामको जितमा कार्लोस भिनिसियसले दुई गोल गरेका थिए भने ह्यारी विंक्स र लुकास मउराले एक एक गोल गरेका थिए ।
यो जितपछि टोटनह्यामको ४ खेलमा ९ अंक भएको छ भने नकआउट चरणमा प्रवेश नजिक पुगेको छ ।
त्यस्तै गएराती नै भएको समुह बि अन्तर्गतको खेलमा आर्सनलले मोल्ड़ेलाई ३-० गोल अन्तरले पराजित गर्दै लगातार चौथो जित हासिल गरेको छ । योसँगै आर्सनल भने नकआउट चरणमा प्रवेश गरेको छ ।
प्रतिक्रिया दिनुहोस्