अस्ट्रेलिया र भारतबीच एकदिवसीय सिरिज आजदेखि शुरु भएको छ । तीन खेलको एकदिवसीय खेलको पहिलो खेल अहिले अस्ट्रेलियाको सिड्नीमा भइरहेको छ ।

पहिलो इनिंग सकिएको खेलमा अस्ट्रेलियाले भारतलाई ३७५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाउदै ३७४ रन बनाएको हो ।

अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्च र स्टिभ स्मिथले शतकीय पारी खेलेका थिए । फिन्चले ११४ रन बनाएर आउट भएका थिए । फिन्चले १२४ बल खेल्दै ११४ रन बनाएर आउट भएका थिए । त्यस्तै स्टिभ स्मिथले ६२ बलमा शतक पुरा गर्दै १०५ रन बनाएर आउट भएका थिए ।

त्यसैगरी डेविड वार्नर ६९ रन बनाएर आउट भएका थिए । त्यस्तै ग्लेन म्याक्सवेलले १९ बलमा ४५ रन बनाएका थिए ।  त्यस्तै मार्कोस स्टोइनिस शुन्यमा आउट भए भने मार्नस लाबुसचांगेले २ रन तथा एलेक्स केरीले १७ र पाट कमिन्सले अविजित १ रन बनाएका थिए ।

त्यस्तै भारतीय बलर मोहमद सामीले ३ विकेट लिए भने जसप्रित बुमराह, नवदीप सैनी र युजवेन्द्र चहलले एक एक विकेट लिए ।

तीन खेलको सिरिजमा दोस्रो खेल नोभेम्बर २९ मा सिड्नीमै हुने छ भने तेस्रो तथा अन्तिम खेल डिसेम्बर २ मा क्यानबेरामा हुने छ । एकदिवसीय सिरिज पछि भारतले अस्ट्रेलियासँग ३ टी-२० तथा ४ टेस्ट खेल खेल्दै छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।