हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ सान्नानिटार नजिक राप्तीखोलामा मंगलबार एकजना पुरुषको शव भेटिएको थियो । शव भेटिएको २ दिन हुदासम्म लासको पहिचान हुन सकेको छैन ।

मंगलबार दिउँसो १२ बजेको समयमा भेटिएको अन्दाजी ४० वर्षको जस्तो देखिने शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उहाँको परिवारसम्म खबर पुगेको भएपनि आजसम्म लासको सनाखत गर्न प्रहरी कार्यालय नआएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताए ।

गोरो वर्ण भएको, उचाई ५ फिट २ ईन्च, मंगोलियन जाति जस्तो देखिने, नाक चुच्चो, अनुहार लाम्चो, छोटो कालो, सेतो ९फुलेको० कपाल, स्वयंसेवक नेपाल मगर यूवा संघ केन्द्रीय समिति तेस्रो राष्ट्रिय महाधिवेशन भाद्र ३० र ३१ गते हेटौंडा मकवानपुर लेखिएको सेतो रंगको हाफ भेष्ट लगाएको हुलिया रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव हाल हेटौंडा अस्पतालको शव गृहमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।