परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाबीच भेटवार्ता भएको छ।

भारती विदेश सचिव हर्षवर्धन नेपाल–भारत द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय वार्ता सकिएपछि याक एन्ड यति होटलबाट सिधै परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न सिंहदरबार पुगेका थिए।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–भारतबीचको सम्बन्ध, आपसी सहयोग लगायतका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ।

भेटमा नेपाल–भारत द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय वार्ता र त्यसले गरेका निर्णयबारे पनि कुराकानी भएको मन्त्री ज्ञवालीको सचिवालयले जनाएको छ।

भारतीय विदेश सचिव हर्षवर्धनले बिहीबार साँझ नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।