प्रधानमन्त्री केपी शर्मा ओलीसित भारतका विदेशसचिव हर्षवर्द्धन श्रृंगलाले शिष्टाचार भेट गर्नुभएको छ ।

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर श्रृंगलाले प्रधानमन्त्री ओलीसित भेट गर्नुभएको हो ।यसअघि, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसित उहाँले शिष्टाचार भेट गर्नुभएको थियो ।

त्यसअघि, काठमाडौंमा नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय बैठक सम्पन्न भएको थियो ।परराष्ट्रसचिवस्तरीय बैठकका लागि भारतीय विदेशसचिव श्रृंगला बिहीबारै काठमाडौं आउनुभएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।