हेटौंडा । हेटौंडाबाट गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङ्गे उर्फ राजीव गुरुङकी श्रीमती ३४ वर्षीया दिक्छेन डोल्मा लामा पक्राउ परेकी छिन् ।

चोरी मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले बताए । जिल्ला अदालत कास्कीले बहुमुल्य धातुको मुर्ति चोरी गरेको मुद्दामा पक्राउ पुर्जी जारी गरेकाले उनलाई पक्राउ गरिएको रानाले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र प्राप्त भएकाले उनलाई पक्राउ गरि कास्की पठाईएको उनले बताए । दिक्छेन हेटौंडा उपमहानगरपालिका वडा नंबर १२ पदमपोखरी स्थित माइतीमा बस्दै आएको जनाइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।