
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ सान्नानिटार नजिक राप्तीखोलामा एकजना पुरुषको शव भेटिएको छ ।
मंगलबार दिउँसो १२ बजेको समयमा भेटिएको अन्दाजी ४० वर्षको जस्तो देखिने शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गोरो वर्ण भएको, उचाई ५ फिट २ ईन्च, मंगोलियन जाति जस्तो देखिने, नाक चुच्चो, अनुहार लाम्चो, छोटो कालो, सेतो (फुलेको) कपाल, स्वयंसेवक नेपाल मगर यूवा संघ केन्द्रीय समिति तेस्रो राष्ट्रिय महाधिवेशन भाद्र ३० र ३१ गते हेटौंडा मकवानपुर लेखिएको सेतो रंगको हाफ भेष्ट लगाएको हुलिया रहेको प्रहरीले जनाएको छ ।
मृतकको शव हाल हेटौंडा अस्पतालको शव गृहमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्