हेटौँडा ।  नेकपा अध्यक्ष पुष्पकमल दाहालद्वारा पेश गरिएको राजनीतिक प्रस्तावले पार्टी एकतामा थप समस्या ल्याउने र उक्त प्रस्ताव वाहियात रहेको नेकपा वागमती प्रदेशका संगठन विभाग प्रमुख अनन्तप्रसाद पौडेलले बताएका छन् । खबरब्रेकसँग कुरा गर्दै नेता पौडेलले पार्टीका अर्का अध्यक्षलाई थाहै नदिएर निर्माण गरिएको प्रस्तावले पार्टी एकताको मर्मलाई मारेको बताए ।

पार्टीको विधानमा कुनैपनि दस्तावेज प्रकाशन गर्दा या कुनै प्रस्ताव पेश गर्दा दुबै अध्यक्षको सहमति आवश्यक भनिएको भएपनि प्रचण्डद्वारा प्रस्तुत प्रस्तावले ति विषयको सिमा नाघेको पौडेलको भनाई छ । पार्टी एकतालाई नै समस्या पार्नेगरि अर्का अध्यक्ष विरुद्ध प्रयोग भएका भाषा निकृष्ट रहेको भन्दै नेकपाका कार्यकर्ताले प्रस्तावलाई ठाडै अस्विकार गरिदिने समेत पौडेलले दाबी गरे । उनले अध्यक्ष प्रचण्डले पार्टी अनुशासन विपरित काम गरेको भन्दै यो कामले नेकपा कार्यकर्तामा निराशा छाएको समेत बताए ।

अहिले पाँच वर्षको सरकारलाई काम गर्ने वातावरण निर्माण गर्दै पार्टी एकताको थप काम सम्पन्न गर्नुपर्ने समयमा आफ्नै पार्टीबाट यस्ताखाले गतिविधि हुनु दुर्भाग्यको विषय भएको भन्दै पौडेलले यस्ता खालका क्रियाकलाप नगर्न नेतृत्वलाई खबरदारी गरिने समेत बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।