रौतहट । मदिरा सेवनगरी कुटपिट गरेर रौतहटमा एक जना ५० वर्षीय पुरुषको हत्या भएको छ । घटनाको केहीघण्टामै प्रहरीले हत्यामा संलग्न दुई जनालाई पक्राउ गर्न सफल भएको छ ।

जिल्लाको वृन्दावन नगरपालिका वडा नं—७ सखुअवा धमौरा बस्ने १९ वर्षीय विकास पासवान लगायत केही मानिसले सोमवार साँझ सोहीठाँउका अमीरि पासवानलाई कुटपिट गरेका थिए । अत्यधिक मदिरा शेवनगरी विकास पाश्वान लगायतका समुहले घरतर्फ जाँदैगरेका सोहीठाँउका अमिरी पासवानलाई गालीगलौज तथा कुटपीट संगै जोरले धक्कादिँदा ५० वर्षीय पासवानको टाउकोमा चोटलागेको थियो । घाईते पासवानलाई तत्कालै एम्बुलेन्स बोलाएर गरुडा सिटि अस्पतालमा उपचारको लागी पठाईएको थियो ।

टाउकोमा गम्भिर चोट लागेका पासवानको उपचारको क्रममा गएराती ८ बजेर १५ मिनेटमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएससपी रबी रावलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गौर र ईलाका प्रहरी कार्यालय गरुडाको संयुक्तटोलीले घटनाको केहीबेर पछी आरोपी विकास पासवानको घर घेराउ गरी पक्राउ गरेको थियो । त्यस्को चारघण्टा पछी उनकै बयानको आधारमा अर्का आरोपी ५५ वर्षीय बिन्द पासवानलाई लुकीछिपी बसेको अवस्थामा उसको घरैबाट बिशेष सुचनाको आधारमा पक्राउ गरीएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धी बिक्रम शाहले जानकारी दिए ।

अभियुक्त दुबैजना माथी ज्यान सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत बाट म्याद थपाउने तयारी भईरहेको एसपी शाहले बताए। मृतकको शव पोष्टमार्टमको लागी पठाउने तयारी तथा घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


रुपेन्द्र पटेल
रुपेन्द्र पटेल
rupendra@khabarbreak.com
रौतहट, खबरब्रेक संवाददाता