अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले  औपचारिक रुपमा सत्ता हस्तान्तरण शुरु हुनसक्ने बताएका छन्  । उनले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति जिम्मेवार संघीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन  (जीएसए) लाई गर्नुपर्ने आवश्यक काम गर्न सिफारिस गरेको बताए ।तर चुनावको परिणामविरुद्ध आफ्नो कानूनी लडाइँ भने जारी रहने उनले बताएका छन् ।

जीएसएले पनि बाइडनलाई स्पष्ट विजेताको रूपमा आफूले स्वीकार गरेको बताएको छ । अमेरिकी राज्य मिचिगनमा राष्ट्रपति निर्वाचित जो बाइडनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै मत परिणामलाई चुनौती दिने उनको  प्रयासमा धक्का लागेको छ ।

जीएसएले बाइडन समूहलाई प्रक्रिया शुरु गर्ने जानकारी दिएपछि पछिल्लो पटक उक्त कुराको जानकारी दिंदै ट्रम्पले ट्वीट गरेका छन्। ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका निम्ति ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छन् । उनले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाव नआएको पनि बताइन् ।

बाइडनको समूहले पनि महामारी र राष्ट्रिय सुरक्षाका मुद्दामा सरकारी अधिकारीहरू सँगको बैठकहरूपछि सत्ता हस्तान्तरण शुरु हुने कुरा वक्तव्यमार्फत् जानकारी दिएको छ । उक्त समूहले मर्फीको पत्रको स्वागत गरेको छ । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।