इङलिश प्रिमियर लिग च्याम्पियन लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले लेस्टरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा डिओगो जोटा र रोबेर्ट फिर्मिनोले एक एक गोल गरे भने एक गोल लेस्टरका जोनी इभान्सले आत्मघाती गोल गरेका थिए । पोर्चुगलका खेलाडी डिओगो जोटाले यस खेलमा गोल गरेसँगै लिभरपुलको इतिहासमा घरेलु मैदानमा खेलेको पहिलो चार खेलमा गोल गर्ने किर्तिमान बनाएका छन् ।

लिभरपुल यस खेलमा तीन महत्वपूर्ण खेलाडी बिना खेलेको थियो । कोरोना पोजेटिभ देखिएर टिम बाहिर रहेका मोहमद सलाह, जो गोमेज र जोर्डन हेण्डरसन बिना लिभरपुलले लेस्टरमाथि महत्वपूर्ण जित हासिल गरेको छ ।

साथै लिभरपुलले आफ्नो घरेलु मैदानमा खेलेका पछिल्ला ६४ खेलमा अपराजित रहदै नयाँ किर्तिमान बनाएको छ । यो जितपछि लिभरपुलको ९ खेलमा शिर्ष स्थानमा रहेको टोटनह्यामको बराबरी गर्दै २० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लेस्टर सिटीको भने ९ खेलमा १८ अंक छ र लिगको चौथो स्थानमा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।