यस वर्षको एटीपी फाइनल टेनिस प्रतियोगिताको उपाधि रुसका डानिल मेद्बेदेभले जितेका छन् ।

लण्डनमा राति भएको फाइनल खेलमा अष्ट्रियाका डोमिनिक थिएमलाई हराउँदै मेद्बेदेभले अहिलेसम्मकै ठूलो उपाधि हात पारेका हुन् । सिजनको अन्तिम प्रतियोगिताको फाइनल खेलको पहिलो सेट थिएमले ६-४ ले जिते । तर दोस्रो र तेस्रो सेट क्रमशः ७-६ र ६-४ ले जित्दै मेद्बेदेभले उपाधि पक्का गरे ।

मेद्बेदेभले फाइनलअघि शीर्ष खेलाडीहरु नोभाक जोकोभिच र राफाल नाडाललाई हराएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।