
हेटौंडा । मकवानपुरको मनहरीबाट ४६ किलो लागु औषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।
मनहरी गाउँपालिका वडा नं ८ सिम्पानी सडकमा बसिरहेको अवस्थामा प्रहरीले शंका लागे पश्चात खनतलासी गर्दा कैलाश गाउँपालिका वडा नं ७ बस्ने वर्ष २३ को तिर्थराज चेपाङको साथबाट ५ वटा पोका बनाई झोलामा बोकिरहेको अवस्थाबाट गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख विनोद श्रेष्ठले जानकारी दिए ।
पक्राउ गरिएका चेपाङलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मनहरीमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्