
हेटौंडा/ सडक बालबालिकाको व्यबस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरको ‘नेपालको लागी नेपाली’ अभियानका केन्द्रिय संयोजक डा. सुरेन्द्र भण्डारीले अवलोकन गरेका छन् ।
सामाजिक रुपान्तरण र आर्थिक नवनिर्माणको लागी देशब्यापी अभियान चलाइरहेको सन्दर्भमा अनाथ असहाय सडक बालबालिकाको लागी काम गरिरहेको मामाघर नेपालको कार्यबारे धेरै ठाँउमा प्रसंसा सुनेको र आफुले अवलोकन गरेको वहाँले बताए ।
मामाघर नेपालको कार्य अत्यन्तै सराहनीय लागेको भन्दै नगद रु १० हजार सहयोग गर्नु भएको मामाघर नेपाल मकवानपुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्