
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकमा प्रवृतिका रुपमा विकास भएकाले त्यसलाई काँध थाप्न नहुने बताएका छन् ।
सत्तारुढ नेकपाभित्र विवाद चर्किएको, प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पछिल्लो समय भएको भेटवार्तातर्फ लक्षित गरेर भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
मुलुकको हालको मुख्य मुद्दा व्यक्तिका रूपमा प्रधानमन्त्री नभएर उनले लागू गरेको प्रवृति भएको नेता भट्टराईको भनाइ छ ।
सामाजिक सञ्जाल ट्विटरमा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले लेखेका छन्, ‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन,ओली प्रवृति हो । व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन् । तर, ओली प्रवृति यतिबेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो । अग्रगमनको मुख्य बाधक हो । यो एउटा पार्टीको मुद्दा मात्र हैन । कुनै पनि बहानामा यसलाई काँध थाप्ने गल्ती नगरौं ।’
आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन,ओली प्रवृत्ति हो।व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्।तर ओली प्रवृत्ति यतिवेला प्रतिगमन,कुशासन,अल्पविकासको मुख्य वाहक हो।अग्रगमनको मुख्य वाधक हो।यो एउटा पार्टीको मुद्दा मात्र हैन।कुनैपनि वहानामा यसलाई काॅध थाप्ने गल्ती नगरौं!
— Baburam Bhattarai (@brb1954) November 23, 2020
पार्टीभित्रको विवाद बढिरहेका बेला प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग भेट्नुलाई चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्