-अनिष चौलागाई/हेटौंडा । शेरबहादुर पाख्रिनको परिवारलाई ४ वर्षीया छोरी रुविना पाख्रिनको बलात्कारपछिको बिभत्स हत्याले ठुलो शोक दिएको छ । भरखरै बोली फुटेको छोरीको अनुहार सधैै वरिपरि नाचिरहन्छ । सितामाया पाख्रिनको कलेटि परेको ओठ र सुन्निएको अनुसारबाटै देखिन्छ छोरीको मृत्युको पिडा । सितामायालाई अझै पनि छोरी छिमेकीको घरमा खेलिरहेकी छिन झै लाग्छ । कति बेला ‘आमा’ भन्दै आउछिन झै लाग्छ । सितामायाले छोरीको मृत्यु भएदेखि खाना खाएकी छैनन । बुबा शेरबहादुर सम्झाउछन खाना खान तर उनी ‘खानै मन छैन’ भन्दै नर्काछिन । त्यति सानी छोरीको बलात्कार भई हत्या भएको स्विकार्नै सकिरहेका छैनन् पाख्रिन परिवार ।

मकवानपुरको बागमती गाउँपालिका–७ लामिटारमा बुधबार साँझ बुबाआमासँगै छिमेकीको पूजामा गएकी बालिका रुविना पाख्रिनको बलात्कारपछि ढुंगाले हानेर हत्या भएको थियो । हत्या आरोपमा सोहि स्थानका १६ वर्षीय एक किशोर पक्राउ परेका छन् । उनले हत्या स्वीकारी सकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले जानकारी दिएका छन् ।

रुविनाको हेटौंडा अस्पतालमा पोस्टमार्टम पछि घरमा ल्याई परिवारले बौद्ध परम्परा अनुसार दाहसस्कार समेत गरिसकेको छ । परिवारमा छोरीको विभत्स हत्याको पिडा त छदैछ त्यसमाथी रुविनाको काजक्रियाको लागि नै ॠण लिन पर्ने अवस्था रहेको छ । परिवारमा एक मात्र आम्दानीको बाटो बाबु शेरबहादुर रहेका छन् । दैनिक ज्यालादारी गरेर परिवारको पेट भर्ने शेरबहादुर अब बेकामे भएका छन् । ससुरालीबाट प्राप्त ६,७ गठ्ठा खेतमा बर्षभरी खान पुग्ने अवस्था छैन । त्यहि माथि २ बर्ष अघि घर बनाउन लिएको ३ लाख ॠण अझै तिर्न नसकेको शेरबहादुर बताउछन् । अब उनि माथी छोरीको काजक्रिया गर्दा ॠण थपिने भएको छ । ‘ हाम्रो परम्परा अनुसार ३ दिनसम्म लामाहरुलाई घरमा राखेरा पुजा गर्न पर्छ । सामान्य गर्दा नै ७०, ८० हजार रुपैया लाग्छ । पैसा छैन सबै ॠण खोज्न पर्छ ‘ शेरबहादुर दु:ख पोख्छन ।

पाख्रिन परिबारको दुखमा गाँउले नै सहयोग गरेको भएपनि त्यति प्रयाप्त देखिदैन । गाँउ नै शोकमा डुबेको छ । ‘रुविना मेरै छोरी जस्तो थिइन् । सधै घरवरिपरि खेलिरहने गुडिुया जस्तो थिइन् । त्यो पापिले मारिदिएछ ।’ रुविनाको छिमेकी सितामाया लोप्चन दुखमन गर्छिन ।

छिमेकीको पुजाबाट भगवानको प्यारी भएकी रुविना

मंसिर ३ गते रुविनाको छिमेककै पूजा रहेको थियो । सबैजना पुजामा ब्यस्त थिए । पूजा भएकाले गाउँमा चहलपहल पनि थियो। रुविना पनि त्यही पूजामा साथीहरुसँग खेलिरहेकी थिइन्।

साझ ६ बजेतिर बुवा शेरबहादुरले रुविनालाई ‘घर हिँड छोरी’ भने। साथीहरूसँग रमाइरहेकी रुविना घर जान मानिनन्। शेरबहादुर घरबाट पु:न छोरी लिन आए तर यो पटक उनी भेटिइनन्।

वरपर छरछिमेकमा खोजी गरे तर छोरी कतै भेटिइनन्। ‘बत्ति गएको थियो अन्धकार मै गाँउ वरिपरि खोज्यो तर फेला पार्न सकिएन’ छिमेकी सुन्दर लोप्चनले बताए । यता भने हत्यारा १६ वर्षिय बालक चुरोट हरायो भन्दै आफ्नो काकासंग उज्यालोको लागि मोवाइल मागेर मनसायी खोलाको पुल मुनी तल लागे जहाँ उनले रुविनाको हत्या गरि छोडेर आएका थिए ।

गाउलेहरु बत्ति बालेर रुदै आइरहेका हत्यारा तिर लागे जहाँ उने ३,४ जनाले रुविनाको हत्या गरेर भागेको देखेको नाटक गरिरहेका थिए । छरछिमेक रुविनाको बुवा पनि तल लागे जहा रुविनाको विभत्स हत्या गरिएको थियो । तत्कालै प्रहरीमा खबर गरियो ।

प्रहरीले तत्कालै बालिकाको उपचारका लागि हेटौंडा अस्पताल लग्यो। अस्पताल पुग्दा चिकित्सकले रुविनालाई मृत घोषणा गरे।

प्रहरीले रुविनाले लगाएको कट्टु पनि फुकालिएको अवस्थामा फेला परेको थियो। भने शरीर नाङ्गो रहेको थियो ।

घटनापछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो । जसमा १६ वर्षीय किशोर र उनको काका कुमार भोलान रहेका थिए । काका भोलनलाई प्रहरीले छोडिसकेको छ भने ती १६ वर्षीय किशोरले पनि आफूले हत्या गरेको स्विकारेको प्रहरी नायब उपरीक्षक रानाले बताएका छन् ।

घट्ना स्थल हेर्दा बारम्बार ढुङ्गाले टाउकोमा प्रहार गरि हत्या गरेको देखिन्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।