file photo

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौँ महानगरको निर्णयप्रति आपत्ति जनाएका छन् । काठमाडौँ महानगरले रत्नपार्कको नाम बदलेर ‘शंखधर उधान’ बनाएको थियो ।

अध्यक्ष थापाले रत्नपार्कको नाम परिवर्तनगर्ने काठमाडौं मनपाको निर्णय गलत भएको भन्दै इतिहास मेटाउने कार्य अस्वीकार रहेको चेतावनी दिएका छन् । उनले तुरुन्त निर्णय सच्याउन महानगरलाई आग्रह गर्दै द्वन्द ननिम्त्याउन समेत अनुरोध गरेका छन् । अध्यक्ष थापाले जबर्जस्ती गरेमा अवरोध गर्ने चेतावनी दिदै महानगरले शंखधर जस्तो राष्ट्रिय बिभुतिको अरु कसैको नाममा रहेको र व्यापक प्रचलनमा आएको पार्कको नाम बदलेर अवमुल्यन गरेको बताएका छन् ।

उनले भनेका छन्,“रत्नपार्कको नाम परिवर्तनगर्ने काठमाडौं मनपाको निर्णय गलत छ।श्री ५महेन्द्रको जीवनसंगिनी राजा बिरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ।निर्णय सच्याईयोस्।जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुनेछौं,काठमाण्डौ मनपाको यो कार्यले राष्ट्रिय विभुति शंखधर साख्वको समेत अवमुल्यन भएको छ।राष्ट्रिय विभुति शंखधर साख्व अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र होईनन्।उहॅाको सम्मानको निमत्त पनि यो गलत निर्णय सच्याएर उपयुक्त नयॅा ठॅाउमा पार्क बनाऔॅ,नेपाल सम्वतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस्।भव्य पार्क बनाईयोस्।हाम्रो पुरा सहयोग रहने छ,तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र बिकास विरोधी छ।निर्णय पुनर्विचार गरियोस्।द्वन्द निम्त्याउने काम नहोस्।Enough is Enough”


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।