इङलिश प्रिमियर लिगमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा सन हेंग मिन र गिओभानी लो केल्सोले एक एक गोल गरेका थिए । सनले खेलको पाँचौ मिनेटमा नै पहिलो गोल गरेका थिए भने केल्सोले खेलको ६५औ मिनेटमा गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर पारेका थिए ।

योजितपछि टोटनह्याम प्रिमियर लिगमा शिर्ष स्थानमा उक्लिएको छ । टोटनह्यामको ९ खेलमा २० अंक रहेको छ । त्यस्तै म्यानचेस्टर सिटीको भने ८ खेलमा १२ अंक रहेको छ र लिगको ११औ स्थानमा झरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।