
हेटौंडा/मकवानपुर प्रहरीले १,२०० ट्याब्लेट नाइट्रोभेट र ४ बोतल ओनरेक्ससहित आइतबार १२ बजे एकजना प्रकाउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला पेटर्वासुगौली गाउपालिका वडा नं ३ सुनबर्सा बैरिया बस्ने वर्ष २४ को अनिल मुखिया रहेका छन् ।
हेटौंडा १० स्थित राम मन्दिर चोकको बाईपास रोडमा प्रहरी चौकी भुटनदेवीबाट प्रहरी हवल्दार डिल्लीराम शिवाकोटीको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले बिरगंजबाट नारायणघाट तर्फ आइरहेको ना ५ ख ५८६८ नंको बस रोकी चेकजाँच गर्दा मुखिया प्रकाउ परेका हुन् ।
मुखियाले आफ्नो झोलमा लुकाई लागू औषध नाइट्रोभेट १,२००ट्याबलेट र लागू औषध ONEREX १०० एमएलको ४ बोतल फेला परेकाले उनलाई उक्त लागु औषध सहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्