हेटौंडा । नेपालमा थप १ हजार ६ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या २ लाख २० हजार ३ सय ८ जना पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा थप पाँच हजार ६ सय ९९ जना संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या एक लाख ९९ हजार २४ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा थप १६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार तीन सय २१ पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।