file photo

नर्भिक इन्टरनेसनल अस्पतालले वरिष्ठ कलाकार राजेन्द्र खड्गीलाई एचआईभी भए नभएको विषयमा प्रकाशित समाचारमा आफ्नो अस्पतालको नाम मुछिएकोमा ध्यानाकर्षण भएको जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले एक विज्ञप्ति प्रकाशित गर्दै उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। विज्ञप्तिमा नर्भिक अस्पतालमा पाथोलोजी टेस्ट गराउँदा एचआई पोजेटिभ देखिएको तर पछि अर्को ल्याबमा पाथोलोजी टेस्ट गराउँदा नेगेटिभ आएको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा सम्प्रेषण भएकोमा नर्भिक अस्पताल व्यवस्थापनको गम्भीर आपत्ति रहेको जनाइएको छ।

विज्ञप्तिमा कलार खड्गीले विगत चार वर्षदेखि नर्भिक अस्पतालमा कुनै पनि पाथोलोजी टेस्ट नगराएको उल्लेख गरिएको छ। तर खड्गीको हवाला दिँदै नर्भिक अस्पतालमा पाथोलोजी टेस्ट गराउँदा एचआईभी पोजेटिभ देखिएको समाचार सरासर झुठो भएको विज्ञप्तिमा जनाइएको छ।

अस्पतालका कार्यकारी निर्देशक सिंहले यस किसिमको समाचार सम्प्रेषण गर्दा वास्तविकतालाई अँगाल्न पनि अनुरोध गरेका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।