स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना पराजित भएको छ । गएराती सम्पन खेलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा खेलको एक मात्र गोल यान्निक करास्कोले खेलको पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा गरेका थिए ।

एटलेटिको म्याड्रिड ला लिगामा पछिल्लो २४ खेलमा अपराजित रहेको छ । यो जितपछि एटलेटिको ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ ।

एटलेटिको म्याड्रिडको ८ खेलमा २० अंक भएको छ । यस सिजनमा ८ खेलमा एटलेटिकोले ६ जित र दुई बराबरी खेलेको छ । साथै यस सिजनको ला लिगामा कुनै पनि खेलमा हार नबेहोरेको टिम एटलेटिको मात्र रहेको छ । त्यस्तै बार्सिलोनाले भने यस सिजनको लिगमा तेस्रो हार बेहोरेको छ । बार्सिलोना ८ खेलमा ११ अंकसहित लिगको १०औ स्थानमा झरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।