
हेटौडा । हेटौंडामा आज भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।
रिलायन्स लाईफ ईन्सोरेन्स हेटौंडा शाखाले तेस्रो वार्षिकोत्सवको अवसरमा गरेको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका हुन् ।
कोरोना भाईरसको महामारीका कारण रगतको अभाव भएको र रगतकै कारण धेरैले ज्यान गुमाउन बाध्य हुनु परेकोले केही सहयोग हुन्छ भन्ने हेतुले ईन्सोरेन्सले आफ्नो वार्षिकोत्सव पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको रिलायन्स लाईफ ईन्सोरेन्स हेटौंडा शाखाका प्रमुख सुर्य गिरीले बताए ।
प्रतिक्रिया दिनुहोस्