file photo

हेटौंडा । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले चितवनको राप्ती नगरपालिकामा पूर्वमन्त्री तथा पार्टी स्थायी कमिटी सुरेन्द्र पाण्डेविरूद्ध नाराबाजी गर्नेहरूलाई कारबाहीको माग गरेका छन् ।

चितवनको राप्ती नगर कमिटीको बैठक चलिरहँदा शनिबार पाण्डेविरूद्ध नेकपाकै कार्यकर्ताले नाराबाजी गरेको भन्दै नेता नेपालले एक विज्ञप्ती जारी गर्दै नाराबाजीको भर्त्सना गरेका छन् ।

उनले विज्ञप्तीमा भनेका छन्,“गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु । सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्ने/ गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउॅछु ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।