मकवानपुर । वाईबा तामाङ समाज मकवानपुरको तेस्रो साधारण सभा तथा अधिवेशन शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

अधिवेशनबाट हरि सिं वाईबाको नेतृत्वमा १३ सदस्यीय मकवानपुर जिल्ला कार्यसमिति चयन भएको छ । यसैगरी उपाध्यक्षमा दुई जना हर्क सिं वाईबा, विष्णु हरि वाईबा, सचिव विना वाईबा, सह–सचिव अर्जुन वाईबा, कोषाध्यक्ष विष्णुकुमारी वाईबा चयन भएका छन् । यस्तै सदस्यहरुमा विचार सिं वाईबा, इत्तकुमार वाईबा, मोहन वाईबा, सुकुमाया वाईबा, दिनेश वाईबा, संजिव सिं वाईबा र रमेश वाईबा चयन भएका छन् । यस्तै सल्लाहकारहरुमा तेजमान वाईबा, मणिराज वाईबा, धर्म सिं वाईबा र नवराज वाईबा चयन भएका छन् । अधिवेशनमा यस अघि दिवंगत वाईबा तामाङ समाज मकवानपुरका अध्यक्ष चम्फु सिं वाईबाप्रति संगठन जिल्ला कार्यसमितिका तर्फबाट दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य राख्दै जिल्ला कार्यसमितिका पूर्व उपाध्यक्ष हरि सिं वाईबाले दिवंगत वाईबाले संगठनमा पु¥याएको योदानको चर्चा गरे । दिवंगत वाईबाले देखाएको मार्गमा आफूहरु आगामी दिनमा व्यवस्थित रुपमा अघि बढ्दै समाजमा महत्वपूर्ण योगदान पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नव गठित नयाँ कार्यसमितिको यथाशक्य छिटो बैठक बसेर आगामी दिनमा गरिने कार्यक्रमहरु बारे निर्णय हुने वाईबा तामाङ समाज मकवानपुरले जनाएको छ । कार्यक्रम वाईबा तामाङ समाज मकवानपुरका पूर्व उपाध्यक्ष हरि सिं वाईबाको अध्यक्षतामा भएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।