हेटौंडा । मनहरी गाउँपालिकाका बिदुर रिजालले आफ्नो जन्म दिनको अवसरमा सडक बालबालिकाको  व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई ५० हजार मुल्य बराबरको कार्पेट,जाकेट र ट्राउजर सहयोग गरेका छन् ।

मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले फेसबुकमा जाडो लागे संगै न्यानो कपडा र खाना बाँडेर खाउँ भन्ने अनुरोध गरेको देखे पछी आफुलाई सहयोग गर्न मन लागेको रिजालले बताए । हेटौंडा ११ मा रहेको मामाघर नेपाल यस्तै दान, चन्दा, उपहार र सहयोगमा संचालित सामाजिक संस्था हो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।