फ्रेन्च लिग वानमा पिएसजी पराजित भएको छ । गएराती सम्पन्न खेलमा मोनाकोले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा २-० ले अगाडी रहेको पिएसजीमाथि मोनाकोले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै ३ गोल गरेर खेल जितेको थियो ।

मोनाकोको जितमा चेक फाब्रिगासले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले खेको ८४औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै मोनाकोका लागि विजयी गोल गरेका थिए । उनले यस अघि एक गोल असिस्ट समेत गरेका थिए । मोनाकोका लागि दुई गोल केभिन भोल्याण्डले गरेका थिए । उनले खेलको ५२औ र ६५औ मिनेटमा गोल अग्र्दै खेल बराबरी गरेका थिए ।

यस अघि पिएसजीका लागि किलियन एम्बाप्पेले २५औ र ३७औ मिनेटमा गोल गर्दै पिएसजीलाई २-० को अग्रता बनाएका थिए ।यस खेलमा खेलको ८३औ मिनेटमा अबडोउ डियालोले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो । यो जितपछि मोनाको लिग वानमा ११ खेलमा २० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै पिएसजी भने ११ खेलमा २४ अंकसहित शिर्ष स्थानमा कायम रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।