सांकेतिक तस्विर

दाङ । मालपोत कार्यालय तुलसीपुरका दुई जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जको टोलिले कार्यालयका दुई जना कर्मचारीलाई ३ लाख २० हजार रकमसहित रंगेहात पक्राउ गरेको हो ।

घुस रकमसहित मालपोत कार्यालयका तामेली फाँटका बरिष्ठ नायवसुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेको अख्तियार कार्यालय नेपालगञ्ज प्रमुख गणेश गैरेले जानकारी दिए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रमुख गैरेले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।