हेटौंडा । सामाजिक संजाल फेसबुक प्रयोगकर्ताहरुको लोकप्रिय ग्रुप मेन्स रुम रिलोटेड (एमआरआर) हेटौंडाका सदस्यहरुले मकवानपुरको मकवानपुरगढी दरबार क्षेत्रमा राखिएको राष्ट्रिय झण्डा पुरानो भएर च्यातिएर धुजाधुजा हुँदा समेत सम्बन्धित निकायको ध्यान नगएको भन्दै च्यातिएको झण्डा हटाएर नयाँ झण्डा फरफराएका छन् ।शनिबार बिहान उनिहरुले मकवानपुरगढी गाउँपालिका वडा नंबर २ स्थित मकवानपुरगढी दरबार क्षेत्रमा पुगी च्यातिएको पुरानो झण्डा हटाएर नयाँ झण्डा राखेका हुन् । शुक्रबार खबरब्रेकले एतिहासिक मकवानपुरगढीमा राष्ट्रिय झण्डाको कन्तविजोग शिर्षकमा समाचार प्रकासन गरेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।