हेटौंडा । हेटौंडामा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।

ज्यान जानेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ की ६४ वर्षीया वृद्वा रहेकी छन् । उनको उपचारको क्रममा आज बिहान घरमै मृत्यु भएको हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले खबरब्रेकलाई बताए ।

उनलाई एक साता अघि कोरोना पुष्टि भएको थियो । उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी भईरहेको छ ।

यो संगै हेटौंडामा कोरोनाको कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ भने मकवानपुरमा २९ जना पुगेको छ ।

यसैगरी कोरोना भाइरस संक्रमणको कारण हालसम्म  मकवानपुरको थाहा नगरपालिका,मनहरी र बकैया गाउँपालिकाका २/२ जना र बागमती गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।