हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा बलात्कार पछि हत्या गरि फालिएको अबस्थामा भेटिएकी ४ वर्षीया बालिकाको हत्यामा संलग्नलाई कारवाहीको माग गरिएको छ ।

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको दिन शुक्रबार मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल मकवानपुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाउँदै हत्यामा संलग्नलाई कारवाहीको माग गरेको हो ।

ज्ञापनपत्र बुझ्दै मकवानपुर प्रहरी प्रमुख सुशील सिंह राठौरले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र दोषीलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै आजै मञ्जुश्री असाहय संरक्षण केन्द्रले पनि बालिका रुबिना पाख्रिनको हत्यारालाई कडा कारबाही गर्नुपर्ने माग राख्दै जिल्ला प्रहरी कार्यलय मकवानपुरमा  ज्ञापनपत्र बुझाएको थियो ।

प्रहरीले घटनामा संलग्न सोही स्थानका २० वर्षीय कुमार भोलन र १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ परेका दुबैजनालाई प्रहरीले मकवानपुर जिल्ला अदालतबाट ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ ।

बागमती गाउँपालिकाको वडा नंबर ७ को लामिटारकी स्थानीय ४ वर्षीया बालिका रुविना पाख्रिनको शव सोहि ठाउँको पुल मुनि बुधबार राति ८ बजेको समयमा भेटिएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।