एजेन्सी  । स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले तीन खेल गुमाउने पक्का भएको छ । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण रामोसले स्पेनिस ला लिगाको दुई र च्याम्पियन्स लिगको एक खेल गुमाउने पक्का भएको क्लबले जनाएको छ । रामोसले भिल्लारियल र एलाभेस तथा च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्धको खेल गुमाउने भएका हुन् ।

रामोसले युइएफए नेसन्स लिगको समूह चरणको जर्मनीविरुद्ध ६–० को जित निकालेको खेलमा चोट बोकेका थिए । उनले खेलको ४०औं मिनेटमा दायाँ खुट्टामा चोट बोक्दै मैदान छाड्दा स्पेनले खेलमा ३–० को अग्रता कायम गरिसकेको थियो ।

रियलले ३४ वर्षीय रामोस १ डिसेम्वरमा साख्तर डोनेक्सविरुद्धको खेलमा फर्कने सक्ने विश्वास लिएको छ । रामोस नहुँदा रियलले पछिल्लो ८ मध्ये ७ खेल गुमाइसकेको छ । रामोसको अनुपस्थितिमा रियलले २०१८–१९ को सिजनमा घरेलु मैदानमा आयाक्ससँग ४–१ को हार बेहोरेको थियो । गत सिजन म्यानचेस्टर सिटीसँग २–१ ले तथा यसे सिजन गत महिना साख्तर डोनेक्ससँग ३–२ ल पराजित भएको थियो ।

रियलले क्रिसमसअघि भिल्लारियल, इन्टर मिलान, एलाभेस, साख्तर डोनेस्क, सेभिया, बोरुसिया मोन्चेनग्लाडवाक र एट्लेटिको म्याड्रिडजस्ता बलियो टोलीसँग खेल्दैछ । रामोसको अनुपस्थितिमा रियललाई समस्या हुन सक्नेछ ।

रियल च्याम्पियन्स लिगमा समूह ‘बी’ मा ३ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा तथा स्पेनिस ला लिगामा ८ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।