हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा एक बालिकाको शव भेटिभएको छ ।

गाउँपालिकाको वडा नंबर ७ को लामिटारकी स्थानीय ४ वर्षीया बालिका रुविना पाख्रिनको शव सोहि ठाउँमा भेटिएको हो । बालिकाको बलात्कार पछि हत्या भएको हुन सक्ने वडा अध्यक्ष दिल्ली प्रसाद घोरसाईनीले खबरब्रेकलाई बताए । उनले भने,“बालिका हिजो साँझ ६ बजे बाट हराएकी थिइन्,हिजो हराएको १ घण्टामै भेटिइन् तर मृत अवस्थामा भटिईन् । शरिरको विभिन्न अङहरुमा चोट देखिनुको साथै रगतहरु लतपतिएको देखिएको छ । सबैभन्दा ठुलो चोट टाउकोमा देखिएको छ,बलात्कार पछि हत्या गरिएको हुन सक्छ ।”

बालिकाको शव पोस्टमर्टमको लागि हेटौंडा पठाईएको उनले बताए । यता जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले घटनाको अनुसन्धान भईरहेको बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।