टम एण्ड जेरी सबै बालबालिकाको मनपर्ने कार्टुन शो हो । मुसा-बिरालो बीचको रोमान्चक लडाई देखेर कुनैपनि मानिसको मन बच्चाको जस्तो हुन्छ ।टम एण्ड जेरी त्यस कार्टुन शो हो, जसलाई हरेक युवाले आफ्नो बाल्यकालमा हेरेका छन् । आज पनि टिभीमा यसलाई निकै रुचाइएको छ ।

टम एण्ड जेरीले अहिले आफ्नो दर्शकको लागि खुसीको खबर लिएर आएका छन् । टिभीमा आउने यस एनिमेटेड कार्टुन कार्यक्रम अब ठुलो पर्दामा देखिने भएको छ ।

टम एण्ड जेरीको चलचित्र बनेको छ र यसको ट्रेलर पनि सार्वजनिक भएको छ । उक्त चलचित्र सन् २०२१ मा रिलिज हुने भएको छ ।

ट्रेलरमा एक पटक पुन टम एण्ड जेरीको बीचको रमाइलो लडाईलाई देखाइएको छ र उनीहरु अमेरिकाको न्युयोर्क शहरमा उद्धम मच्चाउने देखाइएको छ ।

एक होटल भित्र जेरीले मानिसहरुलाई दुस्ख दिएर, समस्या उत्पन्न गरीरहेको हुन्छ भने होटल द्वारा नियुक्त टम, जेरीलाई समात्ने कोशिसमा हुन्छ । टम एण्ड जेरी नामको आधिकारिक ट्विटर पेजले उक्त ट्रेलर रिलीज गरको छ ।

क्याप्सनमा लेखिएको छ, “टम एण्ड जेरी आफ्नो मुसा-बिरालोको खेल लिएर ठुलो पर्दामा आउँदै छन्, टम एण्ड जेरीको नयाँ ट्रेलर , आउँदो वर्ष सन् २०२१ मा रिलिज हुनेछ ।”

उक्त भिडियो १७ नोभेम्बरमा सार्वजनिक गरिएको थियो । मंगलवार रिलीज भएको उक्त चलचित्रको ट्रेलरलाई मानिसहरुले निकै रुचाएका छन् र अहिले सम्म लाखौं भ्युज, लाइक तथा कमेन्ट गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।