मंसिर महिनाको पहिलो कारोबार दिन सुनको भाउ सामान्य घटेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि छापावाल सुन तोलाको ९५ हजार १ सय कायम गरेको छ । गत कात्तिक २८ गते तोलाको ९५ हजार २ सय थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि सय रुपैयाँले घटेर तोलाको ९४ हजार ६ सय कायम भएको छ । गत २८ गते तोलाको ९४ हजार ७ सय थियो ।

चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ । गत कात्तिक २८ गते तोलाको १२ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको आज बुधबार तोलाको १२ सय ३० मूल्य कायम गरिएको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।