सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । यस अघि आजको बैठक सार्न पहल गरेका प्रधानमन्त्री ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असहमति जनाएपछि अन्तत: सहभागी भएका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई कार्तिक २८ गते पेश गरेको १९ पेजको प्रतिवेदन फिर्ता गर्न आग्रह गर्ने बुझिएको छ । साथै आजको बैठक केहिसमय बसेर केहिदिनका लागि स्थगित हुने अनुमान गरिएको छ । बैठकअघि प्रधानमन्त्री ओलीले आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।