बलिउड अभिनेता आसिफ बसरा मृत अवस्थामा फेला परेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार हिमाचल प्रदेशको काँगडास्थित धर्मशालामा उनको शव भेटिएको हो।

प्रहरीले आत्महत्या आशंका गरेको छ। तर घटनास्थलमा सुसाइड नोट फेला नपरेको नवभारत टाइम्सले जनाएको छ।

अभिनेता ५ वर्षयता म्याक्लोडगन्जस्थित एक घरमा भाडामा बस्ने गरेका थिए भने साथमा एक विदेशी महिला पनि बस्थिन्।

अभिनेता बसरा मौलिक र पृथक अभिनयका कारण बलिउडमा चर्चित कलाकार हुन्। उनले परजानिया, ब्ल्याक फ्राइडे, वन्स अपन अ टाइम इन मुम्बई, कृष–३, एक भिलेन, जब वी मेट आदि चलचित्रमा अभिनय गरेका छन्।

उनले थुप्रै टिभी सिरियलमा पनि अभिनय गरेका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।